Lucky-Khabar_

आगोले जलेर पर्साको सेढवामा एक पुरुषको मृत्यु

२० असार,पर्सा । आगोले जलेरपर्साको जिराभवानी गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर २, सेढवा निवासी ४४ वर्षीय कपिल चौधरी रहेका छन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले बताए अनुसार, चौधरीले बिहीबार राति करिब १०ः३० बजे मादक पदार्थ सेवन गरी आफ्नै घरमा विवाद गरेका थिए। विवाद चर्किएपछि उनले आफ्नै शरीरमा डिजल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

आगोले गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। तर, नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो। काठमाडौंमा उपचारकै क्रममा चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर