Lucky-Khabar_

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहर्रम मनाउन समारोह स्थल परिवर्तन गरि वीरगञ्जको पुरानो बसपार्कबाट आदर्शनगर रंगशालामा सारियो

राम आर्य
२१ असार,वीरगञ्ज ।मुस्लिम धर्मालम्बीहरुको पर्व मोहर्रम मनाउन समारोह स्थल परिवर्तन गरि वीरगञ्जको पुरानो बसपार्कबाट आदर्शनगर रंगशालामा सारिएको छ | आउँदो असार २२ गते आइतबार मुस्लिम धर्मावलम्बीहरुको मोहर्रम पर्वको अवसरमा वीरगञ्जमा आयोजना हुने ’बाना भाज्ने’ कार्यक्रमको स्थल परिवर्तन गरिएको छ। पहिले मध्य वीरगञ्ज क्षेत्रको पुरानो बसपार्कमा हुने भनिएको उक्त कार्यक्रम अब आदर्शनगर रंगशालामा गरिने भएको छ।

content ad p2

जिल्ला सुरक्षा समितिले बसेको बैठकबाट यो निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीका अनुसार, पुरानो बसपार्कमा कार्यक्रम गर्दा सुरक्षा संवेदनशीलताका कारण जोखिम बढ्ने देखिएकाले विकल्पका रुपमा आदर्शनगर रंगशाला उपयुक्त हुने निष्कर्ष निकालिएको हो।

पुरानो बसपार्कमा तुलनात्मक रूपले बढी सहभागिता रहने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन स्थल परिवर्तन आवश्यक भएको रेग्मीले बताए।

जिल्ला सुरक्षा समितिले वीरगञ्ज महानगरपालिकालाई पत्र पठाएर आदर्श नगर रंगशालामा कार्यक्रम गर्न स्वीकृति प्रदान गर्न अनुरोध गरेको छ। यो परिवर्तनले मोहर्रम पर्वको अवसरमा हुने भेलालाई थप सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर