Lucky-Khabar_

जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नयाँ कार्यालय उद्घाटन

२१ असार, वीरगञ्ज । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नवनिर्मित कार्यालय जनकपुरधामको भानुचोकमा भव्य समारोहका बीच उद्घाटन गरिएको छ। भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले रिबन काटेर कार्यालयको औपचारिक शुभारम्भ गरेका हुन्।

उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मेयर साहले देशको हरेक राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा पत्रकारहरूको अतुलनीय योगदान रहेको स्मरण गराउँदै पत्रकारिताको प्रवर्द्धनका लागि सबै जनप्रतिनिधिहरूले सहयोग गर्नु आवश्यक रहेको बताए।

समारोहमा वक्ताहरूले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीहरूको हकहित र पत्रकारिता क्षेत्रको विकासका विषयमा आफ्ना विचार राखे। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बञ्जाराले नयाँ कार्यालय प्रदेशस्तरीय सञ्चार जगतलाई सशक्त बनाउन तथा पत्रकारहरूको पेशागत हित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नयाँ कार्यालयबाट आगामी दिनहरूमा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, सूचना प्रवाह तथा पत्रकार हितका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी पनि दिइएको थियो।

प्रदेश अध्यक्ष बञ्जाराको अध्यक्षता र भंगहा नगरपालिकाका मेयर साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहाल, वरिष्ठ पत्रकार रामभरत साह, नेपाल प्रहरीका डीआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल, सल्लाहकार राजेश कर्ण, केन्द्रीय सदस्यहरू सिकेन्द्र पासवान, राजु विश्वकर्मा, नेपाल पत्रकार महासंघका धनुषा अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवणकुमार देव, बारा अध्यक्ष रमेश सुवेदी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागी अतिथिहरूलाई प्रदेश सदस्य साजिर मन्सूरले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष अम्बिका दहालले स्वागत मन्तव्य राखेका थिए।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर