Lucky-Khabar_

रास्वपा सभापति रविको पक्षमा मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर-२ मा पर्ने महानगरपालिका–३२ मा जारी अभियानमा पुगेर झाले हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका हुन् । गत असार ७ गतेबाट रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ |हस्ताक्षर अभियानमा पुगेका झालाई सांसद सोबिता गौतमले अभियानबारे धारणा सोधेकी थिइन् ।

content ad p2

सो क्रममा उनले रवि कहिँ पनि सहकारीको सदस्य र ऋणी नभएको जिकिर गरे । ‘जसरी उहाँलाई विभिन्न ठाउँबाट मुद्दा लगाउने र थुनामा पठाउने काम भएको छ । पार्टीले बोकेको वेबलाई कसरी रोक्न सकिन्छ भन्नेगरी यो भएको मैले बुझेको छु,’ झाले भने ।वहा सभापति लामिछानेको मुद्दा हेर्ने वकिल पनि हुन् ।


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत विभिन्न कलाकारले पनि यसअघि अभियानमा साथ दिएका छन् ।रास्वपाले हस्ताक्षर अभियान उत्साहजनक भएको दाबी गर्दै आएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर