Lucky-Khabar_

बाराको परवानीपुर बजारका सुनचाँदी व्यवसायीहरूद्वारा विरोध प्रदर्शनको

राज सरार्फ
२३आषाढ, बीरगंज|सरकार द्वारा सुनचाँदीमा लगाईएको २% विलासिता करको विरोधमा परवानीपुर बजारका व्यवसायीहरूले प्रदर्शन गरेका छन।
सरकारले सुनचाँदीका गहनामा विलासिता कर प्रतिशत तथा हिरा जडित तयार गहना हरु मा १३ प्रतिशत अतिरिक्त कर लागू गरेको
विरोधमा बाराको परवानीपुर बजारका सुनचाँदी व्यवसायीहरूले सोमबार प्रदर्शन गरेका छन्।

स्थानीय व्यवसायी संघको अगुवाइमा गरिएको उक्त प्रदर्शनमा बजारमा रहेको सम्पुर्ण पसले कालिगर व्यवसायीहरूको सहभागिता जनाएका थिए। उनीहरूले ‘अर्थतन्त्र मार्ने कर खारेज गर’, ‘व्यवसायीमाथि अन्याय बन्द गर’, दुई प्रतिशत बिलासिता कर खारेज गर जस्ता नारा लेखिएका प्लेकार्डसहित बजार क्षेत्र परिक्रमा गरेका थिए।

व्यवसायीहरूको भनाइमा सरकारले सुनचाँदी जस्ता आवश्यक र परम्परागत व्यापारलाई विलासिता वस्तुको सूचीमा राखेर कर लगाउनु अन्यायपूर्ण र अस्वीकार्य छ। परवानीपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष धिरेन्द्र सरार्फ ले भने, “हामीले दशौं वर्षदेखि यही व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका छौं। यस्तो करले हाम्रो व्यवसाय धरापमा पर्नेछ।”

content ad p2

व्यवसायीहरूले सरकारले उक्त कर तत्काल फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत अध्यक्ष सरार्फ भनेका छन्।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका वस्तुहरूमा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको थियो, जसको देशव्यापी विरोध चर्किंदै गएको छ सरकारले हाम्रो मागपुरा गरेन्न भने हामी शसक्त आन्दोलन मा जाने बाध्य हुने छौ सम्पुर्ण प्रदर्शन कारी हरु एक स्वर मा भनेका थिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर