२४ असार, काठमाडौं। चीनतर्फबाट आएको बाढीका कारण रसुवाको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार, १८ जना बेपत्ता भएको छ ।



नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३स्३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् ।

उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् । यसका साथै बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।


