Lucky-Khabar_

जनकपुरधाममा ज्वाइँद्वारा ससुराको चक्कु प्रहार गरी हत्या, अभियुक्त पक्राउ

२५ असार, वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेवप्रसाद साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनका ज्वाइँ ५५ वर्षीय बेचन महासेठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पारिवारिक विवादकै कारण साहको हत्या भएको खुलेको छ। असार १८ गते महासेठले आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले उनलाई जनकनन्दनी गाउँपालिकाको खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट हत्या प्रयुक्त स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रङको होन्डा स्कुटर बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर