Lucky-Khabar_

कांग्रेस क्षेत्रीय सभापति गुप्ता पार्टीबाट निष्काशित,अनिल सिंहलाई सभापतिको जिम्मा

राम आर्य
२५असार,वीरगन्ज,|नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टीबाट निष्काशित गरि पार्टीले अनिल सिंहलाई सभापतिको जिम्मा दिएको छ । कांग्रेसको केन्द्रिय अनुसाशन समितिले गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गरेको हो ।

content ad p2

गुप्ताले २०७९ को निर्वाचनमा पार्टीका अधिकारी उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्दै परेको उजुरीका आधारमा समितिले सोधेको स्पष्टीकरणमा उनले स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले उनलाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरिएको छ–समितिका संयोजक एंव पार्टीका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले कांग्रेस मधेस प्रदेश समितिलाई बुधबार लेखेर पठाएको पत्रमा उल्लेख छ ।

संयोजक ढुंगानाले समितिको असार १७ गते बसेको बैठकले उपलब्ध प्रमाणका आधारमा नेपाली काँग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) तथा उपधारा ८ (ङ) बमोजिम गुप्तालाई १ वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरेको जनाएका छन् ।

कांग्रेसको केन्द्रिय अनुशासन समितिले पार्टीबाट निष्काशन गरिएको भनिएका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का स्थायीबासी गुप्ता, कांग्रेस पार्टीमा वरिष्ठ नेता डा. शेखर कोइराला निकट मानिन्छन् ।

गुप्ताले कांग्रेसको आसन्न १५ औं महाधिवेशनका लागि पर्सा क्षेत्र नम्बर १ मा कृयाशील सदस्यतामा कब्जा गर्ने नियतले आँफुमाथि संस्थापन पक्षले कारबाही गरेको बताए ।

गुप्ताले अनुशासन समितिका संयोजक ढुंगानाले समितिका बहुमत सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्दाका बाबजुदपनि आफ्नो मनपरी ढंगले निर्णय गरेकाले उक्त निर्णय केन्द्रिय कार्य समितिमा अनुमोदनका लागि पठाउन नसकेको जानकारी आँफुले पाएको बताए । केन्द्रिय कार्यसमितिबाट अनुमोदन नै नभएको निर्णय समितिका संयोजक ढुंगानाले मधेस प्रदेशसमितिलाई सिफारिस गर्नु पार्टीको विधानको ठाडो उल्लंघन भएको गुप्ताको भनाई छ ।

त्यस्तै उनले भने,‘ मैले २०७९ को चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको ममाथि लगाएको आरोप सरासर गलत हो । ममाथिको कारबाही पुर्वाग्रही सोचले ग्रसीत छ, पार्टीको विधान सम्वतपनि छैन ।’

आँफुमाथि आरोप लगाएर यसअघि अनुशासन समितिले २०८० साल असार ३० गतेसम्मका लागिमात्रै निलम्बित गरेको बताउँदै गुप्ताले त्यसपछि पार्टीका महामन्त्री गगन थापाले २०८० साउन ३२ गते एक पत्र नै पठाएर पार्टीको गतिविधी सञ्चालनको जिम्मेवारी दिएपनि पर्सामा संस्थापन पक्षका नेताहरुले आँफुलाई काम गर्न नदिएको दाबी गरे ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर