Lucky-Khabar_

श्रीमान केटी साथीको कोठामा जादा श्रीमती र साथीहरूको आक्रमणमा पर्दा केटी साथीको निधन

  • २५असार, विराटनगर । श्रीमान केटी साथीको कोठामा जादा श्रीमती र साथीहरूको आक्रमणमा पर्दा केटी साथीको निधन भएको छयुवतीको कोठामा श्रीमान् गएको थाहा पाएपछि साथीहरू लिएर पुगेकी श्रीमतीको कुटपिटबाट झापाको अर्जुनधारामा एक जना महिलाको मृत्यु भएको छ । स्थानीय रमेश भुसालकी श्रीमती र उनका साथीहरूको कुटपिटबाट अर्जुनधारा नगरपालिका वडा नम्बर ४ का रमेश भुसालकी केटी साथी गङ्गा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
content ad p2
श्रीमान  राती ११ गङ्गा राईको कोठामा गएका थिए । राइकै कोठामा गएर भुसालकी श्रीमती  सुस्मिता भुसालले साथीहरू सहित गएर गङ्गा  माथि आक्रमण गरेकी थिइन् । आफ्ना श्रीमान  रमेश भुसाल गङ्गाको कोठामा गएको थाहा पाएपछि टोलका  महिलाहरूलाई बोलाएर गङ्गा माथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सुस्मिताले ५४ वर्षीय मैयाँ श्रेष्ठ, ३८ वर्षीय बबिता विक, २४ वर्षीय मेनुका पाँचकोटी र ६० वर्षीय नबर्दा सुनदासलाई लिएर गई राई लाई कुटपिट गरेको  पाइएको छ । सामूहिक रूपमा कुटपिटबाट गङ्गा गम्भीर घाइते भएकी थिइन् ।
घाइते गङ्गालाई सुरुमा शनिश्चरे स्थित शङ्कर अस्पतालमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडको बिर्तासीटी अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा बुधवार बिहानका राति १ः२० बजेतिर उनको मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ  ।
घटना पछि सुस्मिता भुसालसहित कुटपिटमा संलग्न रहेका ५ महिला र सुस्मिताका पति रमेश भुसाललाई नियन्त्रणमा लिइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर