राम सुन्दर आर्य
२६ असार,वीरगञ्ज । वीरगञ्ज लगायत सबै ठाउमा खानेपानी संकट मन्त्री यादवद्वारा संस्थानमा छड्के अनुगमन, तत्काल समाधानको निर्देशन |वीरगञ्ज महानगरमा खानेपानीको विकराल समस्या बढिरहेका बेला संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बिहीबार नेपाल खानेपानी संस्थानको कार्यालयमा छड्के अनुगमन गरेका छन्।

मन्त्री यादवले अनुगमनका क्रममा संस्थान र कर्मचारीहरूको कार्यप्रणालीको समीक्षा गर्दै जनताका लागि जीवनोपयोगी सेवा वितरणमा निरन्तरता र प्रभावकारितालाई प्राथमिकता दिन निर्देशन दिए। उनले जलवायु परिवर्तनको प्रतिकूल असरका कारण विशेषगरी तराई–मधेस क्षेत्र र वीरगञ्ज महानगरमा खानेपानी अभावको समस्या गम्भीर बन्दै गएको बताए।


नेपाल खानेपानी संस्थानले यस चुनौतीलाई सम्बोधन गर्न अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यमा तुरुन्त समाधानमुखी कदम चाल्न आवश्यक रहेकोमा उनले जोड दिए।

मन्त्री यादवले कार्यालयका कर्मचारीहरूलाई जनसेवाको भावनाले अहोरात्र खटिन र आवश्यक सल्लाह तथा सहकार्यका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन पनि निर्देशन दिएका छन्।


