Lucky-Khabar_

साउथ सिटी हिमाल हस्पिटल प्रा.लि. द्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाले गरे रक्तदान

राम सुन्दर आर्य
२७असार,बिरगंज|साउथ सिटी हिमाल हस्पिटल प्रा.लि. बिरगंजद्वारा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि ४१ जनाले गरे रक्तदान गरेका छन्| बिरगंज महानगरपालिका–१५ पर्सा स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको कम्पाउण्ड भित्र आज एक कार्यक्रम रक्तदान सफलतापूर्वक सम्पन्न भएको छ।

सो कार्यक्रम”रक्तदान जीवनदान”मा १२ जना महिला र २९ पुरुष सहित कुल ४१ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन्। गर्मीको चर्को मौसम र अस्पतालहरूमा बढ्दो रक्त अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले “लक्की खबर”लाई जानकारी दिएको छ।

content ad p2

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सदस्य दया शंकर सिंह, वीरगंज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, रेडक्रस रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता,संचारकर्मी राज सारार्फ़,राम आर्य,मनोज पंडित लगायत विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा रक्तदान गर्नेहरुमा विशेषगरी अञ्जली यादव, प्रियंसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, दिलमाया, विशाल साह, मो. नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, सोनी प्रति साह, रामुजी यादव, शेती मगा, प्रणिस्ता न्यौपाने लगायतका व्यक्तिहरू रहेका थिए।

त्यस्तै कार्यक्रममा नेपाल रक्त संचार केन्द्र, वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोग महत्वपूर्ण रहेको थियोे।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर