Lucky-Khabar_

पर्साको पकाहामैनपुर(मधुवनी)मा नवनिर्मित छठघाटमा कमिशनको कुरा नमिलेपछि भत्काउनेहरुमाथि कारबाहीको माग

२७असार,बिरगंज |पर्साको पकाहामैनपुर(मधुवनी)मा नवनिर्मित छठघाटमा कमिशनको कुरा नमिलेपछि भत्काउनेहरुमाथि कारबाहीकोलागि सरोकारवाले माग गरेको छ | पर्सा जिल्कोलाको पकाहामैनपुर गाँउपालिका वडा न. २ मधुवनीमा रहेको सार्वजनिक पोखरीको डिलमा नवनिर्मित छठघाटको भौतिक संचरना भत्काउनेहरुलाई कारबाही गर्न माग गरिएको छ ।

छठघाट निर्माण गरेका उपभोक्ता समितिका अध्यक्ष श्रीनिवास प्रसाद चौहानले शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर छठघाटको संरचना अनेक बहाना गरि भत्काउने कार्य गरेको स्थानीय अशोक साह तेली र उनका छोरा गणेश साह तेलीलाई कारबाही गर्न माग गरेका हुन् ।

छठघाट निर्माणकै क्रममा अशोक र उनका छोरा गणेशले कमीशन वापत ३ लाख रुपैयाँ आफूसित मागेको तर आँफुहरुले कमीशन नदिएपछि निर्माणकै समयदेखि उनिहरुले निर्माण कार्यमा भाँजो हाल्दै आएको भएपनि स्थानीयको साथ र सहयोगमा छठघाट निर्माणको काम गत जेठ १६ गते सकेको उपभोक्ता समितिका अध्यक्ष चौहानले बताए ।

चौहानका अनुसार, मधेस प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट प्राप्त ३० लाख रुपैयाँको लागतमा मधुवनीको सार्वजनिक पोखरीको डिलमा निर्मित पक्की भर्याङ पोखरीको ठेक्का लिएका अशोक र उनका छोरा गणेशले भत्काएका हुन् ।

content ad p2

त्यस्तै अशोक र उनका छोरा गणेशले नवनिर्मित छठघाटको अनेक बहाना गरि भर्याङ भत्काउने नियतले बोरिङबाट पानी पोखरीमा भर्ने क्रममा भर्याङ तलको माटो बगेर संरचना भत्कन थालेको चौहानले बताए ।

धार्मिक आस्थासंग जोडिएको छठघाटको संरचना भत्काउने कायमा संलग्न अशोक र उनका छोरा गणेशलाई कारबाहीको दायरामा ल्याउन पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जनार्दन यादवले पनि माग गरे । साथै उनले छठघाटको संरचनाको संरक्षणका लागिपनि पहल गरिदिन स्थानीय प्रशासन र प्रहरीसंग माग गरे ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर