Lucky-Khabar_

आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती वीरगञ्जमा भव्यताका साथ मनाइयो

राम सुन्दर आर्य

content ad p2

२९असार,बिरगंज |आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती वीरगञ्जमा नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा विविध साहित्यिक कार्यक्रमका साथ भव्यताका साथ सम्पन्न मनाईएको छ।

वीरगञ्जको बसपार्कमा अवस्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेर कार्यक्रमको प्रारम्भ गरिएको थियो। त्यसपछि वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण, र कवि गोष्ठी आयोजना गरिएको थियो।

उक्त कार्यक्रम नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथी वीरगञ्ज महानगरपालिका नगर प्रमुख मेयर राजेशमान सिंह थिए भने, विशिष्ट अतिथिहरूमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, केसि लामिछाने, मधेस प्रदेश महासंघका श्याम बन्जारा, मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुन लगायतको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि मेयर राजेशमान सिंहका भनाई अनुसार “भानुभक्त आचार्य नेपाली भाषाका शिल्पी मात्र नभई नेपाली पहिचानका मेरुदण्ड हुन्। आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झनको दिन हो। वीरगञ्जमा यस्ता कार्यक्रमहरू हुनुले यो शहरको सांस्कृतिक चेतना र साहित्यिक सक्रियता झल्काउँछ।”

कार्यक्रममा वीरगञ्जका पुराना तथा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई पनि दोसल्ला, प्रशंसा पत्र र रु. १२,५०० नगदसहित सम्मान गरिएको थियो।

गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती गरेका थिए।आयोजना गरिएको प्रतियोगितामा गौतम माध्यमिक बिधालयका विद्यार्थी पहिलो बिजेता क्रीस्टिना कर्ण र दोस्रो बिजेता नारायण माझी तथा नवदिप एकेडेमीका अरुन यादव तेस्रो भएका थिए।

कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य सुर्यानारायण विकले राखेका थिए भने कार्यक्रम सञ्चालन गीता भण्डारीले गरेकी थिइन्।

सो कार्यक्रममा वीरगञ्जका विभिन्न मिडिया प्रतिनिधि, साहित्यप्रेमी तथा समाजसेवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर