Lucky-Khabar_

वीरगञ्जमा पानी संकट टार्न ‘पर्जन्य यज्ञ’, ईन्द्रदेवलाई पुजापाठ गर्दै वर्षाका लागि प्रार्थना

राज सर्राफ
असार ३२, वीरगञ्ज| लगातारको खडेरी र आकाशे पानीको अभावसँगै वीरगञ्जमा चर्कँदो पानी संकट समाधानको कामनासहित स्थानीयवासीले धार्मिक विधिबाट समाधान खोज्ने प्रयास गरेका छन्। गहवामाई मन्दिर प्राङ्गणमा मंगलबारदेखि पारम्परिक वैदिक पद्धतिमा ‘पर्जन्य (वृष्टि) यज्ञ’ सुरु गरिएको छ।

content ad p2

स्थानीय धार्मिक विश्वास अनुसार वर्षा नहुनुको प्रमुख कारण ईन्द्रदेवको असन्तुष्टि मानिँदै आएको छ। सोही अनुसार वर्षा ल्याउने उद्देश्यले वैदिक मन्त्र उच्चारणसहित होम, आहुति, र विशेष प्रार्थना गरिँदैछ।

कार्यक्रममा माईस्थान मन्दिर संचालन समितिका अध्यक्ष नरेन्द्र साह, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र बहादुर आमत्य, मुख्य पूजारी, महिला समूह, युवा क्लब, नगरबासी र स्थानीय जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको छ।

पूर्वमन्त्री आमत्यले भने, “पानी संकट समाधानका लागि वैज्ञानिक उपायहरू अवश्य महत्वपूर्ण छन्। तर धार्मिक आस्था र सामूहिक प्रार्थनाले पनि वातावरणीय ऊर्जा र जनमानसमा सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विश्वासले हामी सहभागी भएका छौं।”

विगत केही हप्तादेखि वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न भागमा वर्षा नहँुदा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ। सरकारले ट्याङ्कर र वारुणयन्त्रमार्फत आपूर्ति प्रयास जारी राखेको भए पनि दीर्घकालीन समाधान अझै टाढा देखिन्छ।

गहवामाई मन्दिरमा भइरहेको पर्जन्य यज्ञले धार्मिक आस्था र सामाजिक सहभागिता मार्फत संकटका बेला समुदाय कसरी एकजुट हुन सक्छ भन्ने सन्देश दिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर