Lucky-Khabar_

श्रीमान विदेशमा हुँदा अर्कैसँग गएकी श्रीमतीको हत्या

असार ३२, काठमाडौँ|श्रीमान विदेशमा हुँदा अर्कैसँग गएकी श्रीमतीको हत्या गरेको छ|प्यूठानमा आफू वैदेशिक रोजगारीको लागि ईजराईलमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको श्रीमानले हत्या गरेका छन्।

पूर्वपति ३२ वर्षीय लिलबहादुर बराल घर प्यूठानकै ऐरावती गाउँपालिका–२ कात्तिकेले मंगलबार सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। हालका पतिकै घरमा गएर उनले पत्नीकाे हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालका अनुसार हत्या घटना लगत्तै बराल पक्राउ परेका छन्।

content ad p2

रुक्मिणीका बराल तर्फका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्। पति वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेको बेला गएको वैशाखमा उनले सरुमारानी गाउँपालिका–३ गोठेरीका दिपक परियारसँग भागी बिहे गरेकी थिइन्। परियारको यो पहिलो बिहे हो।‘बराल यही असार २४ गते मात्रै घर फर्किएका रहेछन्,’ डीएसपी बस्यालले नेपालखबरसँग भने, ‘घर फर्किपछि आफूले घरमा बोलाउँदा पनि नआएको र सम्बन्ध बिच्छेद गर्न खोज्दा पनि नमानेपछि हत्या गरेको बयान बरालले दिएका छन्।’

‘यसअघि जेजस्तो भए पनि म बिर्सिन्छु। तँ घरमा आइनस् भने ससाना छोराछोरीको विजोग हुन्छ भनेर बोलाउँदा पनि आउन नमानेपछि हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा बरालले भनेका छन्। रुक्मिणीको हत्या हुँदा उनका हालका पति भने घरमा थिएनन्। ‘उनी कामको शिलशिलामा सोलुखुम्बु गएको बेला घटना भएको हो,’ डीएसपी बस्यालले भने। परियार १५ दिन अघि नै मिस्त्रीकाे काम गर्न साेलुखुम्बु गएका थिए।

मंगलबार बिहान जेठानी डिला परियारको घरमा गएको बेला त्यहीँ पुगेर बरालले रुक्मिणीकाे हत्या गरेका प्रहरीले जनाएको छ।
हत्याअघि लीलबहादुरले रुक्मिणीलाई फोन गरी बाहिर बोलाएका थिए। तर, उनी बाहिर निस्कन नमानेपछि घरभित्रै गएर उनले चक्कु प्रहार गरी हत्या गरेका प्रत्यक्षदर्शी डिला परियारले बताएकी छन्।

१० वर्षअघि रुक्मिणी र बरालको मागी बिहे भएको थियो। उनी डेढ वर्षअघि मात्रै इजरायल गएका थिए। गएको वैशाखमा आमाले घर छाडेर हिँडेपछि दुई छोराछोरीको रेखदेख हजुरबा हजुरआमाले गर्दै आएका थिए। ‘आमाको हत्या भयो, बुवा जेल जाने भए,’ डीएसपी बस्यालले भने, ‘उनीहरुको ८ र ६ वर्षका दुई छोराछोरीको बिचल्ली हुने अवस्था सिर्जना भएको छ।’

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर