राम सुन्दर आर्य

१ श्रावण,वीरगंज|पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्रीमान् राधेश्याम धिमालको ग्रीन सिटी वीरगंजद्वारा फेरी भेटौँला (विदाई) कार्यक्रम गरिएको छ | आज बिहीवार बिहान ७:४५ बजे, पर्साको आयोजनामा “फेरी भेटौँला (विदाई)” कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि रुङ्गटा वेलफेयर सोसाइटी वीरगंज पर्साका अध्यक्ष श्रीमान् सुरेश कुमार रुङ्गटा ज्यू रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता यस सेवा केन्द्रका अध्यक्ष श्री जय प्रकाश खेतानले गर्नुभएको थियो।

उक्त कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, वीरगंज पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्रीमान् राधेश्याम धिमाल ज्यूको काठमाडौँ सरूवाको अवसरमा आयोजित गरिएको हो। कार्यक्रममा नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरू, सुरक्षा निकायका कर्मचारी, सञ्चारकर्मी तथा ग्रीन सिटी सेवा केन्द्रका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा गणपति धिमाल ज्यूको कार्यकालको सफलताको कामना गर्दै शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रम करिब ९:३० बजे समापन गरिएको थियो।
सो कार्यक्रममा बिभिन्न सहभागी प्रमुख व्यक्तित्वहरू रुङ्गटा वेलफेयर सोसाइटी, वीरगंजका अध्यक्ष श्री सुरेश कुमार रुङ्गटा प्रमुख अतिथि, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंजका अध्यक्ष जय प्रकाश खेतान,सो केन्द्रका उपाध्यक्ष श्री संजय शर्मा,सदस्य शुशिल कादमिया,त्रिलोक चन्द दारुका,चन्द्र अग्रवाल, कैलाश बजाज, सामुदायिक आँखा अस्पताल, वीरगंजका डा. महेश सिंह धामी,सञ्चारकर्मीहरु सन्तोष रञ्जितकार,अजित भूजेल, सुश्री सुष्मिता यादव,अभिनाश गुप्ता,प्रहरी वरिष्ठ हवल्दार प्रेम राम,प्रहरी सहायक हवल्दार अजिता घिमीरे,प्रहरी जवान अमर सिंह साउद रहेका थिए |
उक्त कार्यक्रममा सहभागी सबैजना प्रती कार्यक्रमको उद्देश्य, सशस्त्र प्रहरी उपरीक्षकको योगदान तथा सामुदायिक समन्वयको महत्वप्रति प्रशंसा व्यक्त गरिएको थियो।




