Lucky-Khabar_

वडा अध्यक्ष स्वयं ट्र्याक्टरमा पानी बोकेर वितरण गर्दै – वीरगन्ज वडा नं २४ मा उदाहरणीय पहल

राज सरार्फ/राम आर्य
०१साउन,वीरगन्ज|वीरगन्ज महानगरपालिका वडा नं २४ रामगढवामा पछिल्ला दिनहरूमा परेको अत्यधिक गर्मी र लामो खडेरीका कारण उत्पन्न भएको खानेपानी संकटको सामना गर्न वडा अध्यक्ष विजय प्रसाद कुर्मी स्वयं ट्र्याक्टरमा पानी लोड गरी वडा बासीहरूमाझ पानी वितरण गर्दै छन।।

वडाका अधिकांश चापाकलहरू सुकेपछि स्थानीय बासिन्दाहरूले अत्यधिक पीडा भोग्नुपरेको छ।
यस्तो विषम परिस्थितिमा नगरपालिकाबाट अन्य वडामा डिप बोरिङ र पानी वितरणको व्यवस्था भए पनि वडा नं २४ मा भने कुनै पनि सहयोग नपुगेको वडा अध्यक्ष कुर्मीको गुनासो रहेको छ।

“हामी प्रतिनिधि भएका कारण हाम्रो पहिलो दायित्व हो जनताको पीडामा साथ दिनु।
अहिलेको प्राकृतिक विपत्तिमा म मेरो वडाबासीका साथ उभिएको छु र सबै किसिमको सहयोग गर्न प्रतिबद्ध छु,” वडा अध्यक्ष कुर्मीले बताए ।

content ad p2

उहाले आफै ट्र्याक्टर प्रयोग गरी शान्ति स्टिल फर्निचर उद्योगको सहयोगमा निःशुल्क पानी वितरण गरिरहेका छन्। दैनिक रूपमा पानी ट्यांकी बोकेर गाउँका विभिन्न टोलहरूमा उहाँ स्वयं ट्र्याक्टर चलाएर पानी पुर्‍याइरहनुभएको छ। यसले वडाबासीहरूको तत्कालको पानी समस्या केही हदसम्म समाधान गरेको छ।

त्यसैगरी, वडा अध्यक्ष कुर्मीले वडाबासीहरूलाई एक घर एक रुख अभियानमा सहभागी हुन पनि आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “हामीले आज लगाएमा भोलिका पुस्ताहरूले राहत पाउँछन्। पानी संकटको मूल कारण जल स्रोतको संरक्षण नहुनु हो, त्यसैले प्रत्येक वासिन्दाले कम्तिमा एक रुख अवश्य लगाउनुपर्छ।”

वडाबासीहरूले अध्यक्ष कुर्मीको यो प्रतिकूल परिस्थितिमा देखिएको सक्रियता र सेवाभावप्रति धन्यवाद प्रकट गरेका छन्। एक स्थानीय बासिन्दा बताउँछन्, “उहाँले आफैं ट्र्याक्टर चलाएर पानी ल्याउनु भएको दृश्यले हामीलाई गर्व र भरोसा दुबै दिलाएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर