Lucky-Khabar_

रास्वपा सभापति रविको समर्थनमा २४ लाख बढी हस्ताक्षर, ४६ लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन

१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको समर्थनमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर सङ्कलन गरेको छ ।

रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका नेता दीपक बोहराले यो अभियानलाई अझै व्यापक बनाइने बताएका छन् । रास्वपाले सरकारले सभापति लामिछानेमाथि ‘राजनीतिक प्रतिशोधु साँधेको आरोप लगाउँदै गत असार ७ गतेदेखि यो हस्ताक्षर अभियान सुरु गरेको थियो। नेता बोहराका अनुसार, साउन ५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियानसहित घरदैलो कार्यक्रम पनि सुरु गरिनेछ ।

त्यस्तै अभियानलाई केन्द्रीय कार्यालयका साथै प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखेर अगाडि बढाउने तयारी रास्वपाले गरेको छ । बोहराले अभियानका लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको बताए। यद्यपि, हस्ताक्षर फारम र अपिल छाप्ने लगायतका कार्यमा भने ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको पनि बोहराले जानकारी दिए ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर