Lucky-Khabar_

नारायणी अस्पताल पुन : चौतर्फी दबाबपछि स्वास्थ्य बीमा सूचीमा, सेवाग्राहीमा राहत

२ साउन,वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पताललाई पुनः चौतर्फी आलोचना र अस्पताल प्रशासनको आग्रहपछि स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु तथा रिफरल केन्द्रको सूचीमा समावेश गरेको छ।

content ad p2

स्वास्थ्य बीमा बोर्डले यसअघि साउन १ गतेदेखि नारायणी अस्पताललाई बीमाका सेवा विन्दुबाट हटाउने निर्णय गरेको थियो, जसले वीरगन्जलगायत प्रदेश २ का सेवाग्राहीमा अन्योल र असन्तोष फैलाएको थियो।

अस्पताल प्रशासनले बोर्डको निर्णयको भोलिपल्ट, असार ३२ गते, आधिकारिक पत्र लेख्दै अस्पताललाई फेरि सूचीमा राख्न अनुरोध गरेको थियो। सोही दिन बोर्डबाट पठाइएको पत्रमा बिरामीको उपचार पहुँचलाई ध्यानमा राख्दै आगामी असोज मसान्तसम्मका लागि नारायणी अस्पताललाई प्रथम सेवा विन्दु तथा रिफरल केन्द्रको रूपमा सेवा दिन स्वीकृति दिइएको उल्लेख गरिएको छ।

नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, यस निर्णयले बिरामीहरूलाई राहत मिल्नुका साथै अस्पतालको सेवा निरन्तरतामा समेत सकारात्मक प्रभाव परेको छ।

स्वास्थ्य बीमा बोर्डको पछिल्लो निर्णयपछि अब नारायणी अस्पतालमा बीमाबापतका सेवा लिन चाहने बिरामीहरू बिना अन्योल सेवा लिन सक्नेछन्। वीरगन्जबासीले अस्पताल पुनः बीमा सूचीमा फर्किएपछि सहज सेवा पाउने विश्वास व्यक्त गरेका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार यो निर्णयले सरकारी अस्पतालमा स्वास्थ्य बीमाको पहुँच मजबुत बनाउने र सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर