Lucky-Khabar_

ठोरी वृद्धाश्रममा करिब १ लाख ६० हजार मूल्य बराबरको खाद्यान्न तथा सामग्री प्रदान

अभिलाष गुप्ता
– ४साउन,वीरगंज|पर्सा जिल्लाको ठोरीस्थित भगवाननगरमा अवस्थित वृद्धाश्रममा आश्रय लिइरहेका १७ जना वृद्धवृद्धाहरूको सहयोगार्थ करिब १ लाख ६० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री शनिबार प्रदान गरिएको छ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल, लायन्स क्लब मिलेनियम एम जे एफ, संस्कृति गोल्ड, र ग्रेट पीपलको संयुक्त आयोजनामा सम्पन्न उक्त वितरण कार्यक्रममा संस्कृति गोल्डकी अध्यक्ष सोनी अग्रवालले वृद्धाश्रममै पुगेर सामग्रीहरू हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा पूर्व डिस्टिक गभर्नर डी.एन. अग्रवाल, सेन्ट्रल क्लबकी पूर्व अध्यक्ष मीरा खेतान, सीता अग्रवाल, कविता हालन, संगीता खेतान, मिलेनियम एम जे एफका अध्यक्ष बिनोद खंडेलवाल, सचिव रोशन गुप्ता, पी.बी. शाह, उषा शाह, सुशील चाचान, सुभास अग्रवाल, अमित सर्राफ, ग्रेट पीपलका सुनील केडिया, संस्कृति गोल्डकी सदस्य सुनीता अग्रवाल, लायन्स सदस्य प्रकाश थारू, समाजसेवी, पत्रकार तथा वृद्धाश्रमका व्यवस्थापकहरूको सक्रिय उपस्थिति रहेको थियो।

लायन्सका वरिष्ठ सदस्य राधेश्याम खेतानले कार्यक्रममा सहयोगका विस्तृत विवरण प्रस्तुत गरेका थिए।
वृद्धाश्रमका बासिन्दाहरूका लागि दाल, चामल, तेल, नुन, चिनी, मसला लगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको आयोजकहरूले जनाएका छन्।

content ad p2

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर