Lucky-Khabar_

नेपाल प्रहरीमा जनपद तर्फका भुवनेश्वर साहसहित ११ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस साउन ५, २०८२

५साउन,काठमाडौ । नेपाल प्रहरीमा जनपद तर्फका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बसेको गृहमन्त्रालय मातहतको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ११ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

content ad p2

सिफारिसको सुचिमा एक नम्बरमा तुल बहादुर कार्की रहेका छन्। यस्तै डीएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेमा भुवनेश्वर साह,राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन्।


त्यस्तै सिफरिस समितिले नेपाल प्रहरीकै १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई डिएसपीमा बढुवा गर्ने सिफारिस गरेको छ । डिएसपीमा बढुवा सिफरिस हुनेहरुमा बसन्त गौतम, पञ्चलाल गोले,होमप्रकाश चौधरी,अनिल पण्डित, प्रकाश थापा,दिलिप क्षेत्री,शेखरजंग मल्ल,पोषणराज थपलिया, राजु कार्की,निशेष चापागाई,चन्द्र बहादुर खड्का,होमप्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् ।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर