Lucky-Khabar_

रौतहटमा पत्रकार रविन्द्र प्रजापति झुण्डिएको अवस्थामा मृत भेटिए

राम सुन्दर आर्य
४ साउन, जनकपुरधाम । रौतहटमा पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए । प्रहरीका अनुसार पत्रकार प्रजापति केहीदिनयता पारिवारिक तनावमा थिए । जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की पनि दिएका थिए । पारिवारिक समस्या र धम्कीका कारण तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर