Lucky-Khabar_

पत्रकार महासंघ मधेश प्रदेशलाई ४ कठ्ठा जग्गा भवन निर्माणका लागि प्राप्त

४ साउन,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश शाखाले आफ्नो भवन निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठीको ४ कठ्ठा जग्गा प्राप्त गरेको छ। यो कार्य पत्रकार महासंघका लागि एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ।

content ad p2

यो जग्गा गुठी संस्थाले कानुनी प्रक्रियाअनुसार आह्वान गरेको बोलपत्रमा महासंघको प्राविधिक र आर्थिक प्रस्ताव स्वीकृत भएपछि प्राप्त भएको हो। गुठी संस्थान जनकपुरअन्तर्गत रहेको श्री राम मन्दिर गुठीको उक्त जग्गा महासंघलाई लिजमा उपलब्ध गराउने निर्णय केन्द्रीय गुठी संस्थानले गरेको छ।

जग्गा प्राप्त भएपछि अब भव्य भवन निर्माण प्रक्रिया अघि बढ्ने महासंघका अध्यक्ष श्याम प्रसाद बञ्जाराले जानकारी दिए। उनका अनुसार, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

अध्यक्ष बञ्जाराले यो उपलब्धि कठिन परिश्रम र निरन्तर प्रयासको प्रतिफल भएको बताउँदै यसमा योगदान पु¥याउने केन्द्रीय समिति, विभिन्न नेताहरू, पत्रकार र शुभचिन्तकहरूलाई आभार व्यक्त गरे। उनले जग्गा प्राप्तिको क्रममा केही आन्तरिक विरोध र आलोचना भए पनि त्यसले आफूहरूलाई थप दृढ बनाएको र सफलताको शिखरमा पुग्न प्रेरित गरेको उल्लेख गरे।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर