Lucky-Khabar_

७३० राउन्ड गोलीसहित आठजना समातिए

काठमाडौं । ७३० राउन्ड गोलीसहित प्रहरीले काभ्रेबाट आठजनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–९ बाट शनिबार (भदौ २८) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

content ad p2

पक्राउ पर्नेमा सोही नगरपालिकाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय बालक, बाराका २० वर्षीय महेश मुखिया छन् ।

त्यसैगरी  मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, काभ्रेको तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरूलाई उक्त गोलीसहित पक्राउ गरेको हो । ‘जेनजी’को प्रदर्शनका क्रममा उनीहरूले सुरक्षाकर्मीको हतियार तथा गोली लुटेको आशंका प्रहरीले गरेको छ ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर