विराटनगर । विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा अर्को शव फेला परेको छ |’जेनजी’ आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगरको भाटभटेनी सुपर मार्केटमा एक शव फेला परेको छ। विराटनगर महानगरपालिका–६ स्थित स्टोरमा सोमबार सफाई गर्ने क्रममा जलेको अवस्थामा शव फेला परेको हो।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सोमबार दिउँसो भाटभटेनीको दोस्रो तल्लामा शव भेटिएको पुष्टि गरे। भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले भाटभटेनीमा आगजनी र लुटपाट गरेका थिए। जलेको अवस्थामा रहेकोले शवको पहिचान हुन सकेको छैन।

त्अयस्घितै यस, शुक्रबार मात्रै भाटभटेनीको धरान शाखामा चार जनाको शव फेला परेको थियो। गत मंगलबार कोशी प्रदेशमा रहेका पाँचमध्ये चार वटा भाटभटेनीका स्टोरमा आगजनी भएको थियो। विराटनगर, धरान, दमक र बिर्तामोडका स्टोरमा आगजनी र लुटपाट हुँदा इटहरीको शाखा भने स्थानीयले जोगाएका थिए।


