Lucky-Khabar_

राष्ट्रिया शोक मनाउने र मृतकका परिवारलाई काज किरियाका लाइ थप एक लाख उपलब्ध गराउने गृहमन्त्री अर्यालको पहिलो निर्णय

वीरगञ्ज । राष्ट्रिया शोक मनाउने र मृतकका परिवारलाई काज किरियाका लाइ थप एक लाख उपलब्ध गराउने गृहमन्त्री अर्यालले पहिलो निर्णय गरेको छ| मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेका हुन् ।आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काज किरिया खर्चबापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

content ad p2


मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर