Lucky-Khabar_

सीके राउतका जनमत पार्टी बाट अलग भएका नेताहरूले गठन गरे नयाँ पार्टी घोषणा

वीरगञ्ज । जनमत पार्टीबाट अलग भएका नेताहरूले जनकपुरमा नयाँ पार्टी ‘जनस्वराज’ घोषणा गरेका छन्। डा. सञ्जयकुमार साहको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी गठन गरेको हो।

नयाँ पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुने बताइएको छ। प्रारम्भमा तीन विभाग गठन भएका छन्–

content ad p2

राजनीतिक संगठन विभाग : ई. दीपक साह

आर्थिक विभाग : ई. सुरेन्द्रनारायण यादव

प्रशिक्षण विभाग : डा. सञ्जयकुमार साह

दीपक साह र यादव जनमत पार्टीका पूर्व उपाध्यक्ष तथा कोषाध्यक्ष हुन्, जसलाई अध्यक्ष डा. सीके राउतले कारबाही गरेका थिए।

‘जनस्वराज’ पार्टीले मधेसका जनताको अधिकार र समृद्ध समाज निर्माणका लागि अभियान सञ्चालन गर्ने जनाएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर