Lucky-Khabar_

पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाए

राम आर्य
बिरगंज| बिरगंज पर्साका जेनजी युवाहरूले गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई शनिबार ६ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझाएका छन् ।

सो बुझाईएका ध्यानाकर्षणपत्रमा जेनजी आन्दोलनकारीलाई झुठा मुद्दामा फसाउने काम रोकिनु पर्ने माग गरिएको छ । साथै प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था, राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा विज्ञलाई जिम्मेवारी दिनु पर्ने, दलीय पेसागत संगठन खारेज हुनु पर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गरी नागरिक आयोग गठन गरिनु पर्ने, निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनु पर्ने माग पनि उनीहरुले राखेका छन् ।

content ad p2


सुधीर पटेल, वीरेन्द्र कन्ठ, महादेव कुर्मी, वासिम शेख, सन्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव, मुकेश यादवसहितका युवाहरुले गृह मन्त्रालयमै मन्त्री अर्याललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर