Lucky-Khabar_

वीरगञ्जको घण्टाघर मर्मतपछि पुनः पुरानै स्वरूपमा

राम आर्य
बिरगंज|वीरगञ्जको प्रतीक मानिने ऐतिहासिक घण्टाघर सात महिनापछि पुनः मर्मत सम्पन्न गरी पुरानै स्वरूपमा ल्याइएको छ। गत फागुन ७ गते बाल्कोनीको कमजोर संरचना भत्किएर इँटा खसेपछि घण्टाघर आंशिक रूपमा जीर्ण बनेको थियो।

वीरगञ्ज महानगरपालिकाले ऐतिहासिक महत्वका कारण मेसिन प्रयोग नगरी म्यानुअल विधिबाट मर्मतसम्भार गरेको भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले जानकारी दिए। उनका अनुसार मर्मतका क्रममा घण्टाघर वरपर स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली लगाएर सुरक्षा व्यवस्था मिलाइएको थियो, जुन हाल हटाइसकिएको छ।

content ad p2

“मर्मतपश्चात घण्टाघर कम्तीमा १० वर्षसम्म टिकाउ हुने विश्वास लिएका छौँ,” उनले भने, “यद्यपि भित्री संरचना भने पुरानो हुँदै गइरहेका छन्।”

महाशाखा प्रमुख झाले अनुमानित २० लाख रुपैयाँभन्दा कम लागतमा मर्मतसम्भार सम्पन्न भएको बताए। ठेक्का महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो।

उनका अनुसार घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा वर्षौंदेखि क्षति पुगेको थियो। “उच्च बाल्कोनीसम्म पुगेर मर्मत गर्नुपर्ने भएकाले काम ढिला भएको हो,” उनले बताए।

सन् १९७९ फेब्रुअरी ८ मा बनेको वीरगञ्जको घण्टाघर जापानको योनागो सहरका विद्यार्थीहरूले एकदिनको खाजाको पैसा कटाएर निर्माणको बजेट जुटाइएकाे स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइ छ। आजसम्म पनि यो संरचना स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको रूपमा रहँदै आएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर