Lucky-Khabar_

सहिद परिवारलाई रोजगारी र सरकारी कार्यालयमा स्वदेशी सामान :उद्योगमन्त्रीको पहिलो निर्णय

काठमाडौं । सहिद परिवारलाई रोजगारी र सरकारी कार्यालयमा स्वदेशी सामान :उद्योगमन्त्रीको पहिलो निर्णय भएको छ|नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेलगत्तै तीनवटा महत्वपूर्ण निर्णय गरेका छन् ।

content ad p2

उनले जनआन्दोलनमा ज्यान गुमाएका सहिदका परिवार र घाइतेहरूलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका हुन् । पूर्वन्यायाधीशसमेत रहेका मन्त्री सिन्हाको यी निर्णयहरूले सुशासन र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति झल्काएको छ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले गरेका निर्णयहरू यस प्रकार छन्:

सहिद परिवार र घाइतेलाई रोजगारी: जनआन्दोलनमा योगदान दिएका सहिद परिवार र घाइतेहरूलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गरिने।

स्वदेशी उत्पादनको प्रयोग: सबै सरकारी निकायहरूमा फर्निचर र अन्य निर्माण सामग्रीहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने।

अनलाइन सेवाको विस्तार: अत्यावश्यक नभएका कामहरूका लागि नागरिकलाई कार्यालय धाउन नपरोस् भनेर अनलाइन सेवालाई थप विस्तार गरिने।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर