Lucky-Khabar_

गहवामाइ मन्दिरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
बिरगंज|लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज कुटुम्ब र अन्य क्लबको संयुक्त आयोजनामा आज घटस्थापनाको दिन गहवामाइ मन्दिर परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

दशैँको उपलक्ष्यमा आयोजित कार्यक्रममा करिब ३७५ जना भक्तालुहरुलाई प्रसाद वितरण गरिएको थियो। कार्यक्रमलाई भव्य र सफलतापूर्वक सम्पन्न गरिएको थियो र यो कार्यक्रमलाई साप्ताहिक गर्ने जानकारी परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले दिनुभयो।

कार्यक्रममा डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना, डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बिजया ओझैया, डिस्ट्रीक्ट को-एक्जिक्युटिभ चिफ लायन उमेश साह कानु, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, जोन चेयरपर्सन लायन सन्जिता प्याकुरेल, कुटुम्ब क्लब की अध्यक्ष लायन रचना प्याकुरेल, परिवार क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन पुरुषोत्तम गुप्ता सहितका सदस्यहरुको उपस्थिति उल्लेखनीय रहेको थियो।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर