राम आर्य

बुटवल |चाडपर्व लक्षित लक्षित गर्दै प्रहरीद्वारा बुटवलमा नागरिक/यात्रु सहायता कक्ष सुरू गरेको छ |
लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल बसपार्कमा चाडपर्व (विशेष गरी विजयादशमी, दीपावली र छठ) नजिकिँदै गर्दानागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएको हो।
उद्देश्य:
1. यात्रुहरुले चाडपर्वमा भोग्ने असुविधा कम गर्नु।
2. बसपार्क र अन्य चाप हुने स्थानहरुमा यातायात व्यवस्थापन, भाडा अनियमितता, यात्रु-संबन्धी गुनासोहरुको समाधान सुनिश्चित गर्नु।
3. सवारी दुर्घटना न्यूनिकरण, तिब्र गतिको नियन्त्रण, चालक र सहचालकका स्वास्थ्य अवस्था अनुगमन, यात्रुको सुविधा र सुरक्षामा सुधार।
के-के सेवा उपलब्ध गराइने छन्
नागरिक/यात्रु सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्वास्थ्यकर्मी खट्नेछन्।
स्वास्थ्य जाँच (जस्तै ज्वरो, ब्लड प्रेशर, आँखा जाँच) गरिनेछ।
आवश्यक औषधि, मास्क, स्यानिटाइजर उपलब्ध गराइनेछ; बिरामी भेटिए अस्पतालमा पठाउने व्यवस्था हुनेछ।
सवारी साधनका चालकहरुलाई सचेतनामूलक स्टीकर तथा पम्पलेट वितरण हुनेछ।
ट्राफिक नियम, भाडादर, यात्रु दुर्व्यवहार वा टिकट सम्बन्धी गुनासो भएमा सहायता गरिने।
सरोकारवालाहरुको भनाइ:
नगरप्रमुख खेलराज पाण्डेय: सवारी चालकहरूले आफ्नो उत्तरदायित्व बोध गर्दै यात्रुलाई सुरक्षित र सम्मानसाथ व्यवहार गर्नुपर्ने।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल: चाडपर्वको समय सम्भावित घटना र दुर्घटनालाई पूर्व निदान गर्दै रोकथाम गर्ने काम प्रभावकारी हुनुपर्ने।
त्यस्तै उक्त कार्यक्रममा ट्राफिक बरिष्ठ नायब निरीक्षक मंजु रानाले आफ्नो मन्तव्यमा सबै सह-चालक ,चालक यात्रीहरुलाई यात्रा गर्दा मादकपदार्थ सेवन, हतार वा अरुलाई हानि हुने कार्य नगर्न अनुरोध गरेको छ साथै कुनै कतैबाट कुनै पनि अप्ठ्यारो परे भने नाजिकको प्रहरी कार्याल
यमा जानकारी बताएको छ |





