Lucky-Khabar_

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म बलिदान खेर जान्छ’,जेनजीलाईभट्टराईको सन्देशः

काठमाडौं| पूर्वप्रधानमन्त्री तथा समाजवादी चिन्तक डॉ. बाबुराम भट्टराई ले हालैको जेन–जी आन्दोलनमा बलिदान गर्ने युवापुस्तालाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीबिना उपलब्धि सम्भव नभएको सन्देश दिएका छन्।

भट्लेटराईले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “जेन–जी आन्दोलनले पुरानो पुस्ताको दास मानसिकतामा ठुलो चोट पुर्‍याएको छ। तर प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख नहुँदासम्म यो बलिदान खेर जानेछ।”

भट्टराईले अहिलेको संसदीय व्यवस्थाले जनताको आकांक्षा सम्बोधन गर्न नसक्ने दाबी गर्दै युवापुस्तालाई “व्यवस्थागत परिवर्तनतर्फ एकताबद्ध हुन” आह्वान गरेका छन्।
उनको भनाइमा,

content ad p2

संसदवादी अभ्यासले फेरि पुरानै दल र नेताको वर्चस्व कायम राख्छ,तर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणालीले मात्रै जनतासँग प्रत्यक्ष जवाफदेही नेतृत्व जन्माउन सक्छ।

जेनजी आन्दोलनमा सयौं युवाले सडकमा उत्री बलिदान दिनु परेको उल्लेख गर्दै उनले भनेका छन् :
“यो बलिदान व्यर्थ नहोस् भने प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका लागि संस्थागत आन्दोलन आवश्यक छ।”

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर