Lucky-Khabar_

वीरगन्ज कपडा बैंकलाई कंचनजंघा स्कुल द्वारा कपडा एवं नगद सहयोग हस्तान्तरण

राम आर्य
बिरगंज | कंचनजंघा स्कुलले वीरगन्ज कपडा बैंकलाई ११ बोरा कपडा र २ हजार नगद सहयोग हस्तान्तरण गरेको छ। स्कुलका निर्देशक मार्टिन मोक्तान र कक्षा १० का विद्यार्थीहरूको उपस्थितिमा भएको कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई सहयोग हस्तान्तरण गरिएको हो।

सो अवसरमा निर्देशक मोक्तानले बैंकले विपन्न, असहाय तथा विपद् पीडितलाई गरिरहेको निःस्वार्थ सेवाभावप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले “कोही नाङ्गो नरहोस्” भन्ने मूल मन्त्रसहित कपडा बैंक ६ वर्षदेखि सेवा प्रवाह गर्दै आएको बताए।

कपडा बैंकका अध्यक्ष सिंहले स्कुलले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको योगदानप्रति आभार प्रकट गर्दै यसले विद्यार्थीमा सेवाभाव र चेतना जागृत हुने बताए।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर