Lucky-Khabar_

खनाल प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्त

काठमाडौं । अजयभद्र खनाल प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमानियुक्त भएका छन् र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएअनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको छ ।

खनाल पछिल्लो समय सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (सिइएसआईफ) अनुसन्धान निर्देशकको रुपमा कार्यरत थिए ।उनी दी हिमालयन टाइम्स र उकालो अनलाइनको सम्पादकको रुपमा काम गरिसकेका व्यक्ति हुन् | कांग्रेस राजनीतिको पारिवारिक पृष्ठभूमि रहेका खनाल भूराजनीतिक मामिलाका विषयमा अनुसन्धान गर्दै आएका छन् । उनका बुवा श्रीभद्र खनाल नेपाली कांग्रेसका पूर्व महामन्त्री थिए ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर