Lucky-Khabar_

दल दर्ताका लागि हर्क साम्पाङले निर्वाचन आयोग पुगेर दिए निवेदन

१२ असोज, काठमाडौं ।निर्वाचन आयोगमा दल दर्ताका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले निवेदन दर्ता गरेका छन् ।

साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग बताएको छ।‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले बताए।

साम्पाङ खानेपानीको मुद्दा बोकेर हिँडेका गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित गरेका थिए । उनी खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । धरानमा साम्पाङले ‘श्रमदान’ अभियान नै चलाएका थिए ।

सामाजिक सञ्जालमा पनि साम्पाङ अत्यन्तै सक्रिय रहन्छन् ।यसैबीच पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयनको बेलामा पनि साम्पाङ काठमाडौं आएका थिए ।

content ad p2

सरकारको नेतृत्व आफैं गर्ने समेत उनले बताएका थिए । साम्पाङ सरकारमा समावेश नभएपछि नेपाली सेनाको मुख्यालयमा समेत पुगेका उनि धरान फर्किएका थिए ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर