काठमाडौं| अफगानिस्तानका विदेश मन्त्री तथा तालिबानका वरिष्ठ नेता अमीर खान मुत्ताकी असोज २३ गते (अक्टोबर ९) भारत भ्रमणमा आउने भएका छन्।

संयुक्त राष्ट्र संघले २४ वर्षपछि अस्थायी यात्रा अनुमति दिएको हो। तालिबान सत्तामा आएपछि भारत पुग्ने उनी पहिलो उच्चस्तरीय नेता हुनेछन्। भारतले अझै तालिबानलाई औपचारिक मान्यता नदिए पनि यो भ्रमणलाई सम्बन्ध सुधार र रणनीतिक प्रभाव विस्तारको प्रयासका रूपमा हेरिएको छ।
मुत्ताकीको भ्रमणमार्फत व्यापार, मानवीय सहयोग र सुरक्षा संवादमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।



