Lucky-Khabar_

वीरगञ्जसहित देशका अधिकांश स्थानमा वर्षा, राति भारी वर्षाको सम्भावना

राम आर्य
वीरगञ्ज । पर्सासहित देशका धेरै स्थानमा निरन्तर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

content ad p2

वर्षासँगै बाढी, डुबान तथा पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले यात्रामा सावधानी अपनाउन, नदी किनार तथा भू–क्षय हुने क्षेत्र नजिक नजान सर्वसाधारणलाई सचेत गराएको छ ।

वीरगञ्ज र आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ भने केही स्थानमा अविरल वर्षा जारी छ । मौसमविद्हरूका अनुसार वर्षा अझ केही दिन कायम रहने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर