Lucky-Khabar_

रास्वपाको प्यानल नै बाराको सिमरा खानेपानी उपभोक्ता समितिमा विजयी

सिमरा ।बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ताजा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समूहमात्रै विजयी भएको छ। समितिको ११ सदस्यीय नयाँ नेतृत्वमा सबै पदमा रास्वपाको प्यानलले जित निकालेपछि लामो समयदेखि विजयी हुँदै आएको एमाले पहिलोपटक पराजित भएको हो।
,
मंगलबार सार्वजनिक मतगणना परिणामअनुसार अध्यक्षमा युवराज न्यौपाने १,११६ मतसहित विजयी बने। उनका नजिकका प्रतिस्पर्धी प्रकाश खुलाल (गुलाबको फुल) ले ९०७ मत पाए। अन्य प्रतिस्पर्धीमध्ये पूर्णचन्द्र तिमिल्सिना (चश्मा) ले ५९१, शशी गौतम (घर) ले २३३ र राजकुमार भट्टराई (खुल्ला किताब) ले २१५ मत प्राप्त गरे।

content ad p2

उपाध्यक्षमा चराचिन्हका हरिप्रसाद सिम्खडा सर्वाधिक १,१८७ मतसहित विजयी भए। उनकी प्रतिस्पर्धी मिठुमाया थिङ (गुलाबको फुल) ले ७८४ मत पाइन् भने झंकनाथ लामिछाने (चश्मा) ले ५९५ र निर्मला केसी (घर) ले २८९ मत ल्याइन्।

सचिवमा अमृत बस्याल १,१७८ मतका साथ चयन भए। उनका प्रतिस्पर्धी सरस्वती अधिकारी (गुलाबको फुल) ले ७५४, लोकराज पौडेल (चश्मा) ले ५२५, राजेन्द्रकुमार सुवेदी (खुल्ला किताब) ले २६१ र मुस्तफा अंसारी (घर) ले २२५ मत पाए।

सहसचिवमा कृष्णकुमार रिमाल १,१७८ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी कर्णबहादुर खड्का (गुलाबको फुल) ले ७५७ र होमप्रसाद रकाल (चश्मा) ले ५७७ मत पाए भने मुमनाथ शर्मा (घर) ले २६७ मत प्राप्त गरे।

कोषाध्यक्षमा रामकुमार अर्याल १,१३५ मतसहित सफल भए। सुशीला कार्कीले ७२२, राजुप्रसाद उपाध्यायले ५६८, राजकुमार भट्टराई (खुल्ला किताब) ले २५९ र चम्पा पाख्रीन (घर) ले २५१ मत पाएको निर्वाचन समितिले जनाएको छ।

मंसिर ६ गते सम्पन्न निर्वाचनमा कुल ३,३२० मत खसेका थिए। नयाँ कार्यसमितिमा महिला सदस्यका रूपमा दिलुमाया तामाङ, सुष्मा पण्डित तथा खुला सदस्यहरूका रूपमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल र सूर्यसिंह क्षेत्री निर्वाचित भएका छन्।

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर