बिरगंज ।गरिमा विकास बैंकको बीरगंज शाखाले आफ्नो १९औँ स्थापना दिवस विशेष रक्तदान कार्यक्रम आयोजना गर्दै मनाएको छ। वार्षिकोत्सव समारोह एफएनसीसीआई बीरगंजका नयाँ अध्यक्ष अनिल कुमार अग्रवालले ब्यानरमा हस्ताक्षर गर्दै र केक काटेर उद्घाटन गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रबन्धक राजीव कुमार झाले दिए। उनले बैंकले ग्राहकमैत्री सेवा, डिजिटल बैंकिङको विस्तार र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए। झाका अनुसार, वार्षिकोत्सवमा गरिएको रक्तदान कार्यक्रम समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानवसेवामा योगदान दिने उद्देश्यले आयोजना गरिएको हो।
मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई वर्तमान अवस्थासम्म पुर्याउन सहयोग गर्ने सबै ग्राहक, साझेदार संस्था तथा सर्वसाधारणप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

रक्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेका थिए। सहभागीमध्ये करिब ३० जना महिला र २० जना भन्दा बढी पुरुष रहेका थिए। प्रमुख अतिथि अग्रवालले रक्तदातालाई प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमका विशिष्ट अतिथिमा मधेस प्रदेश प्रमुख दयाकान्त साह, लायन्स क्लब इन्टरनेशनलका पास्ट डिस्ट्रीक्ट गभर्नर देवकी चन्द अग्रवाललगायत उपस्थित थिए। साथै नेपाल पत्राचार महासंघका पूर्व उपाध्यक्ष युराज खड्का, जीवनजोति स्कुलका अध्यक्ष शिवकुमार गुप्ता, एन्जलवर्ल्ड स्कुलका अध्यक्ष रामराज श्रेष्ठ लगायतको उपस्थिति पनि उल्लेखनीय थियो।

रेडक्रस सोसाइटीको तर्फबाट सौरभ राज पान्डे तथा प्राविधिक लिलाधर साह उपस्थित रहे। कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक राजीव कुमार झाले गरेका थिए भने सञ्चालन क्रेडिट इन्चार्ज चन्दन साहले गरेका थिए।


