Lucky-Khabar_

बिरगंज महानगरपालिका-२८बगहीमा रास्वपाको एतिहासिक वडा भेला समिति गठन

राम आर्य
बिरगंज,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिरगंज महानगरपालिका -२८बगहीमा हिजो सनिवार एतिहासिक वडा भेला समिति भेला गठन भव्य रूपमा सम्पन्न भएको छ । मधेशमा पनि रास्वपाप्रतिको आकर्षण र प्रवेशको लहर तीव्र बन्दै गएको बेला यो भेला ऐतिहासिक रूपमा सम्पन्न भएको बुझिएको छ।

content ad p2

उक्त कार्यक्रमको प्रमुख अथिती रास्वपा केन्कोदीय सदश्य डा.नन्दन यादव हुनुहुन्थ्यो छ भनी रास्वपा क्षेत्रीय सभापति पर्सा दुईका फैयाज अन्सारिको अध्यक्षतामा सम्पन्न भएको थियो र विषेस अथितिको रुपमा जिल्ला सभापति हरि पन्त हुनुहुन्थ्यो । वडा भेलामा चुनियाका ११ सदस्यीय पदाधिकारी समिति घोषणा गरिएको छ।

कार्यक्रममा वक्ताहरूले पार्टीको नीतिगत दिशा, पारदर्शिता, सुशासन र भ्रस्टाचारविरुद्धको अभियानबारे आफ्ना धारणा राखेका थिए।

मन्तव्यको क्रममा रास्वपा जिल्ला सभापति हरि पन्तले रासपा सभापति रबी लामिछानेलाई राजनीति प्रतिसोध र कांग्रेस एमालेका नेता आफु भ्रस्टचार गरेकोमा फसिन्छ भनि डरले झुठा मुदा लगाई थुनामा राखेको हो भनि बताए |

रास्वपाले अब देशको कुनाकुनामा आफ्नो कार्य र बिचारले नेपालि जनतालाई शान्ति र शुसासनको अनुभूति गराउछ भनि जनविश्वासमा बिश्वास भईसकेको छ भनि पनि उनले बताए |कार्यक्रममा पार्टीका कार्यकर्ताहरु,पत्रकार तथा बिभिन्न बुधिजिविहरुको विषेस उपस्थिति रहेका थिए |

उक्त कार्यक्रममा पार्टीका बिभिन्न नेताहरु लगायत रास्वपा मधेशप्रदेशका विभागीय उपप्रमुख प्रमोद रायमाझी,दिपराज पटेल ,फैयाज अन्सारी,मा.मैनुदिन समेतको विषेस उपस्थिति रहेको थिए | कार्यक्रममा अध्यक्ष फैयाज अन्सारिले यो भेलाले मधेश प्रदेशभर रास्वपाको संगठन विस्तार र जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ भनि आफ्नो भनाई राखे।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर