Lucky-Khabar_

आमाको निधन सहन नसकेर छोराले पाँच महिनापछि घाटबाट शव घर लगे

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा एक छोराले आमाप्रतिको अतुलनीय माया र वियोगका कारण असाधारण घटना घटाएको छ।

content ad p2

गाउँपालिका–१, गैरीमुदीका झण्डै ६० वर्षका जलनधर पाख्रिन तामाङले आफ्नी आमा फुलमाया तामाङको शव गाडिएको स्थानबाट पुनः उत्खनन गरी घर ल्याएका हुन्। ८१ वर्षीया फुलमायाको मृत्यु असार १५ गते भएको थियो। छिमेकीले घर नजिक शव व्यवस्थापन गर्न दिएनन्, जसपछि करिब २ किलोमिटर टाढाको घाटमा काठको बाकसमा राखेर गाडिएको थियो।

आमाको मायाबाट बिछोड स्वीकार्न नसकेका जलनधरले आइतबार दिउँसो शव खोलेर घरभित्र ल्याएको पूर्व वडा अध्यक्ष बिर्खबहादुर तामाङले बताएका छन्। पाँच महिनासम्म बाकसमा सुरक्षित राखिएका कारण शव पूर्णरूपमा विघटन नभएको तर हल्का दुर्गन्ध आएको स्थानीयले बताएका छन्।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिरीबाट गएको टोलीले स्थानीयको सहयोगमा घर ल्याइएको शव पुनः घाटमै लगेर व्यवस्थापन गरेको प्रहरी निरीक्षक विवेक घिमिरेले जानकारी दिएका छन्।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर