Lucky-Khabar_

आमाको निधन सहन नसकेर छोराले पाँच महिनापछि घाटबाट शव घर लगे

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा एक छोराले आमाप्रतिको अतुलनीय माया र वियोगका कारण असाधारण घटना घटाएको छ।

content ad p2

गाउँपालिका–१, गैरीमुदीका झण्डै ६० वर्षका जलनधर पाख्रिन तामाङले आफ्नी आमा फुलमाया तामाङको शव गाडिएको स्थानबाट पुनः उत्खनन गरी घर ल्याएका हुन्। ८१ वर्षीया फुलमायाको मृत्यु असार १५ गते भएको थियो। छिमेकीले घर नजिक शव व्यवस्थापन गर्न दिएनन्, जसपछि करिब २ किलोमिटर टाढाको घाटमा काठको बाकसमा राखेर गाडिएको थियो।

आमाको मायाबाट बिछोड स्वीकार्न नसकेका जलनधरले आइतबार दिउँसो शव खोलेर घरभित्र ल्याएको पूर्व वडा अध्यक्ष बिर्खबहादुर तामाङले बताएका छन्। पाँच महिनासम्म बाकसमा सुरक्षित राखिएका कारण शव पूर्णरूपमा विघटन नभएको तर हल्का दुर्गन्ध आएको स्थानीयले बताएका छन्।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिरीबाट गएको टोलीले स्थानीयको सहयोगमा घर ल्याइएको शव पुनः घाटमै लगेर व्यवस्थापन गरेको प्रहरी निरीक्षक विवेक घिमिरेले जानकारी दिएका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर