Lucky-Khabar_

नेपाल-भारत सयभन्दा ठूला दरका भारु नोट ल्याउन लैजान मिल्ने, नेपालमा नीतिगत छलफल सुरु

काठमाडौं| भारतको केन्द्रीय बैंक आरबीआईले १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नेपाल–भारत आवागमनका यात्रुले अधिकतम २५ हजार रुपैयाँसम्म बोक्न सक्ने व्यवस्था गरेको छ।संशोधित विदेशी विनिमय व्यवस्थापन नियमावली लागू भएपछि नोटबन्दीपछिको प्रतिबन्ध औपचारिक रूपमा हटाएको भारतले जनाएको छ।

content ad p2

अब १०० रुपैयाँसम्मका नोटका हकमा कुनै पनि मात्रा बोक्न पाइने भएकाले यात्रुहरूलाई सीमा–आवतजावतमा सहजता हुनेछ।
ठूला दरका नोट भने यात्रुले शारीरिक रूपमा बोक्नुपर्ने र बैंकिङ च्यानलमार्फत पठाउन नपाइने प्रावधान यथावत छ।यद्यपि नेपालले आफ्ना आन्तरिक नीतिगत निर्देशन जारी नगरेसम्म यी नोट स्वतः चलनचल्तीमा आउने अवस्था नभएको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रवक्ता गुरु पौडेलका अनुसार भारतको निर्णय सकारात्मक भए पनि नेपालले समेत आवश्यक अनुमति र निर्देशिका बनाइसक्नुपर्ने आवश्यकता छ।सन् २०१६ मा भारतले ५०० र १००० का नोट बन्द गरेपछि रोकिएको आवतजावत र नेपालका बैंकहरूमा अड्किएको झन्डै ५ करोड भारतीय रुपैयाँको समस्याको समाधान अझै टुंगो लागेको छैन।

आरबीआईले नयाँ व्यवस्था नेपाल र भुटानका नागरिकका लागि मात्र लागू हुने उल्लेख गरेको छ।भारतीय नोट १०० भन्दा माथिका दरका नोटमध्ये व्यक्तिले २५ हजार रुपैयाँसम्म सीमा पार गर्न सक्ने व्यवस्था रहँदै १०० रुपैयाँसम्मका नोटमा कुनै सीमा छैन।नेपाली रुपैयाँको हकमा भने नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार विदेश जाने नेपालीले अधिकतम ५ हजार रुपैयाँ मात्रै लैजान पाउने व्यवस्था उस्तै रहनेछ।

ठूला दरका भारतीय नोट निषेध हुँदा प्रभावित पर्यटक, मजदुर र व्यापारीलाई सहजता दिलाउने उद्देश्यले भारतले विशेष व्यवस्था गरेको बताइएको छ।नेपालले आवश्यक नीतिगत तयारी पूरा गरेपछि सीमापार व्यापार, यात्रा र पर्यटक आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर