वीरगञ्ज । सात दलीय समायोजनसम्बन्धी शुक्रबारको छलफलमा कृष्ण यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाउने सहमति भएको स्रोतले जनाएको छ।

सत्ता साझेदारी र नयाँ सरकार गठनबारे जारी परामर्शपछि दलहरू यादवको नेतृत्वमा सरकार निर्माणमा एकमत भएका हुन्।

लोसपाका संसदीय दलका नेता जयनल रायनका अनुसार, कृष्ण यादवले चाँडै नै मुख्यमन्त्रीका लागि औपचारिक दाबी पेश गर्ने तयारी गरेका छन्। रायनले दलहरूबीच पुगेको सहमति अनुसार अब प्रदेशमा सरकार गठन प्रक्रिया अघि बढ्ने बताए।

यसबाहेक, नयाँ सत्ता समीकरणसँगै मधेस प्रदेशमा राजनीतिक परिवर्तन अन्तिम चरणमा प्रवेश गरेको छ।


