Lucky-Khabar_

मन्त्रि बन्न गएकी कन्ञन बिच्छा राप्रपाकी समानुपातिक प्रदेशसभा सदस्यबाट बर्खास्त

जनकपूर| मधेस प्रदेशसभामा राप्रपाका तर्फबाट महिलाको समानुपातिक कोटामा प्रतिनिधित्व गर्दै आएकी प्रदेशसभा सदस्य कञ्चन बिच्छा पदमुक्त भएकी छन्। प्रदेशसभा सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिच्छाको नाम सदस्य सूचीबाट हटाइएको जानकारी सार्वजनिक गरेको हो।

content ad p2

राप्रपाले पार्टी नीतिविपरीत क्रियाकलाप गरेको आरोप लगाउँदै बिच्छालाई छ महिनाका लागि साधारण सदस्यता समेत निलम्बन गरेको थियो। त्यसैका आधारमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई प्रदेशसभा सदस्यबाटै हटाउने निर्णय गरी पत्र सचिवालयमा पठाएको विज्ञप्तिमा उल्लेख छ।

प्राप्त पत्रअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ ले निलम्बित सदस्यलाई पदमुक्त गर्नुपर्ने व्यवस्था गरेको हुँदा बिच्छालाई पदमुक्त गरिएको सचिवालयले स्पष्ट पारेको छ। साथै यस विषयमा आवश्यक थप कानुनी प्रक्रिया अघि बढाउन पनि अनुरोध आएको सचिवालयले जनाएको छ।

यस सम्बन्धी सूचना राजनीतिक दलसम्बन्धी ऐन, २०७५ तथा प्रदेशसभा सञ्चालन नियमावलीको दफा १९० लगायतका लागू प्रावधानअनुसार सार्वजनिक गरिएको सचिवालयको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाको हस्ताक्षर रहेको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर