वीरगञ्ज । बिपिएस कलेज वीरगञ्जले कक्षा ११ का नव–भर्ना विद्यार्थीहरूको स्वागत तथा कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम होटल भिश्वामा शुक्रवार सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो भने कार्यक्रममा सभापति प्रिन्सिपल श्री दिपक पटेल रहेको थियो । साथै कक्षा ११ र १२ का विद्यार्थीहरू, अभिभावक, शिक्षक तथा पत्रकारहरूको बिशेष उपस्थिति रहेको थियो।

आफ्नो मन्तव्यमा प्रमुख जिल्ला अधिकारीले विद्यार्थीहरूलाई देशमै बसेर केही गर्न प्रेरणा दिने क्रममा “देशमा पढेर यहीँ बसौँ र केही गरौँ, सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ” भन्दै जिम्मेवार नागरिक बन्न आग्रह गरे।

त्यसैगरी मानिसलाई जीवनको बिकाश गर्न शिक्षा अपरिहार्य भएकोले आफुले पाएको शिक्षालाई जीवनमा सहि प्रयोग गरि एक असल र महान नागरिगक बन्न सबै विधार्थीहरुलाई कार्यक्रमका सभापति कलेज प्रिनासिपलल दिपक पटेलले आग्रह गरे |

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुति, गीत–सङ्गीत र नृत्यले वातावरण उल्लासपूर्ण बनेको थियो।यसैगरी प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूलाई प्रिन्सिपल दिपक पटेलले सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भएको छ।


