Lucky-Khabar_

मदरसा र यतीमखानाका बालबालिकालाई नेशनल मेडिकल कलेजद्वारा कपडा वितरण

वीरगञ्ज| वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ले पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाका लागि कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रम कलेजको कन्फरेन्स हलमा सम्पन्न भएको हो।

content ad p2

कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको कलेजले जनाएको छ। कपडा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी ले संयुक्त रूपमा वितरण गरेका थिए।

कपडा वितरण कार्यक्रमअन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीमखाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीमखाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीमखाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा का विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भएका थिए।

कार्यक्रममा वरिष्ठ प्रशासक विश्वनाथ कान्त, मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो।

कलेजका अनुसार विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजले चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वका गतिविधिमार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आएको जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर