Lucky-Khabar_

वीरगञ्जमा ५२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।

content ad p2

प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित प्रहरी चेकपोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना ७ ख ७६८६ नम्बरको ट्रकबाट ५२ हजार ३०० क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ। ट्रकमा लुकाइछिपाइ राखिएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (आईपी ५० एमजी) प्रहरीले फेला पारेको हो।

उक्त औषधिसहित पचरौता नगरपालिका–९ निवासी ४२ वर्षीय राम अशिष राउत अहिर र बहुदरमाई नगरपालिका–२ सिसियाडी निवासी ३० वर्षीय सुवास सर्राफलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ट्रामाडोल मध्यमदेखि गम्भीर प्रकारको दुखाइ कम गर्न प्रयोग हुने ओपिओइड समूहको औषधि हो। यसको दुरुपयोग हुन सक्ने भएकाले धेरै देशमा यसको प्रयोग कडाइका साथ नियन्त्रण गरिन्छ।

प्रहरीले पछिल्लो समय लागूऔषधको अवैध कारोबार बढ्दै गएको भन्दै सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सवारी साधन चेकजाँच कडा पारिएको जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर