काठमाडौं | सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवैधानिक निकायहरूमा रिक्त पदहरू लामो समयसम्म खाली राखेर बस्न नसकिने स्पष्ट पारेको छ।

बुधबार पार्टी मुख्यालयमा बसेको संसदीय दलको बैठकले विभिन्न संवैधानिक आयोग र नियोगहरू पदाधिकारीविहीन हुँदा आवश्यक निर्णय प्रक्रिया प्रभावित भइरहेको निष्कर्ष निकालेको हो। बैठकले यस्तो अवस्थाले कार्यसम्पादनमा व्यावहारिक समस्या सिर्जना गरेको र कार्यवाहक पदाधिकारीहरूलाई सीमित अधिकारमै काम चलाउन बाध्य बनाएको उल्लेख गरेको छ।
रास्वपाका प्रवक्ता मनिष झाले जनअपेक्षा अनुरूप परिणाममुखी काम गर्न दलले थप सक्रियता देखाउनुपर्नेमा जोड दिएका छन्। उनले आवश्यक अवस्थामा नम्र तर दृढ राजनीतिक आक्रामकता अपनाएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।


