Lucky-Khabar_

इन्धन र सामग्रीको आकाशिँदो मूल्यले देशैभरका विकास आयोजना ठप्प हुने चेतावनी

काठमाडौँ, जेठ २ देशभर निर्माण सामग्री र इन्धनमा भएको चरम मूल्यवृद्धिका कारण समग्र निर्माण क्षेत्र नै पूर्ण रूपमा धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) ले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले बिहीबार सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै तत्काल मूल्य समायोजन नगरिए देशैभरका विकास निर्माणका काम ठप्प पार्ने चेतावनी दिएको छ।

content ad p2

सडक विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरूमा धर्नासहित बुझाइएको ज्ञापनपत्रमा महासंघले बजारमा इन्धन (डिजेल, बिटुमिन) र निर्माण सामग्री (फलामे डण्डी, सिमेन्ट, गिटी, बालुवा) को मूल्य अस्वाभाविक रूपमा बढेकाले पुरानो सम्झौता अनुसार काम अगाडि बढाउनै नसकिने उल्लेख गरेको छ।

‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी महासंघका अध्यक्ष निकोलस पाण्डेका अनुसार सडक निर्माणका आयोजनाहरूमा इन्धन र बिटुमिनको हिस्सा मात्रै झण्डै ४० प्रतिशत हुन्छ। तर बजारमा डिजेल र फलामको मूल्य अत्यधिक वृद्धि हुँदा व्यवसायीहरू ‘काम गरे नोक्सानी, नगरे कारबाही’ को दोहोरो मारमा परेका छन्। सरकारले मूल्य समायोजन र लागत पुनरावलोकन नगरे व्यवसायीहरू बाध्य भएर ‘कन्स्ट्रक्सन होलिडे’ (निर्माण कार्य रोक्का) को घोषणा गर्ने स्थितिमा पुगेको महासंघले जनाएको छ।

देशैभर चरणबद्ध आन्दोलन महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार मूल्यवृद्धिको विरोधमा ७७ वटै जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय गरेका छन्। प्रदेशस्तरमा पनि मुख्यमन्त्रीको कार्यालयमार्फत दबाब दिने तयारी भइरहेको छ।

निर्माण व्यवसायीहरूले सरकारको कमजोर पूँजीगत खर्च, नीतिगत अन्योलता र निर्माण सामग्रीको अभावका कारण राष्ट्रिय गौरवका आयोजना समेत प्रभावित भएको गुनासो गरेका छन्। समयमै माग सम्बोधन नभए विकास बजेट खर्च नहुने र देशको अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने भन्दै व्यवसायीहरूले तत्काल प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित खबर

जनताको भोटबाट बनेको सरकार ठुलो कि पार्टीको कोठाबाट बनेको न्यायाधीश?

लक्की खबर

किन ट्रेन्डिङमा छन् युट्युबका ‘मुख्य समाचार’? यस्तो छ भ्यूज र भाइरल भिडियोको भित्री रहस्य।

लक्की खबर

नयाँ सरकारका निर्णयमाथि भर्चुअल दुनियाँमा महासंग्राम: तात्तातो बहसले ततायो इन्टरनेट

लक्की खबर